अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प !

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का नेभादा राज्यको लास भेगासमा पनि महसुस भएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको दिन गएको भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ ।

भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् । जसबाट केही घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भूगर्वविद् प्राध्यापक जन रन्डलले बीबीसीलाई बताएअनुसार केन्द्रविन्दु रहेको रिजक्रेस्टमा उल्लेखनीय क्षति भएको छ । बाक्लो आवादी रहेको क्षेत्रभन्दा पर केन्द्रविन्दु हुँदा क्षति कम भएको उनको भनाइ छ ।

क्यालिफोर्नियाका गर्भनर कार्यालय मातहतको आपतकालीन कार्यालयका प्रवक्ता ब्राड एलेक्जेन्डले खोज तथा उद्धार कार्य भइरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूकम्पलगत्तै ट्वीट गरेर स्थिति नियन्त्रणमा रहेको बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?