मोबाइल तातेर हैरान हुनुहुन्छ ? होशियार हुनुहोस् !

appharu
0
Shares


एजेन्सी । तपाईको स्मार्टफोन मोबाइल कहिलेकाँही तात्छ होला ।

यस्तोमा तपाई के गर्नुहुन्छ ? तपाई आफूलाई फोनबाट टाँढा राख्नुहुन्छ किनकी यो तातिरहेको हुन्छ ।

तपाईको मोबाइल तातेर हैरान हुनुहुन्छ होला है ?यस्तोमा तपाई के गर्नुहुन्छ ? तपाई आफूलाई फोनबाट टाँढा राख्नुहुन्छ किनकी यो तातिरहेको हुन्छ । यि समस्या उत्पन्नहुनुमा बिभिन्न कारणहरु छन् जस्तै :

– स्मार्टफोन तात्नुका कारण धेरै प्रयोग हो । जस्तै तपाईको फोन कुनै बाहिरी वस्तुसँग जोडिएको छ भने समस्या उत्पन्न हुनजान्छ । जस्तो स्पीकर, वाइफाइ सिग्नल आदीसँग लामोसमय जोडिएको छ भने ।

– लामो समय स्मार्ट फोनमा गेम खेल्दा पनि तात्छ । लगातार तस्बिर लिँदा र भिडियो खिच्दा पनि फोन तात्छ ।

– मोबाइल तात्यो भने कहिलेकाँही पंखाको मद्दतबाट यसलाई सितलता प्रदान गर्न सकिन्छ तर धेरै चिसो फ्रिजमा राख्नु हानिकारक हुन जान्छ ।

– तपाईको फोनमा कुनै यस्तो एप इन्स्टल भएको हुन सक्छ जो वास्तविकतामा कुनै भाइरसको अड्डा हो ।

– सारा ऐप डेभलपर्सको रुची तपाईको फोनमा भन्दा पनि उसको डेटामा रहेको हुन्छ ।

– यसबाट बच्नकालागि कुनै स्रोत नखुलेको एप कहिल्यै पनि डाउनलोड नर्गुहोस् ।

– तपाईले यसका लागि सेटिङमा गएर अननोन सोर्सेजमा आउने वाला एपलाई डाउनलोड गर्ने फिचरलाई सदाको लागि बन्द गर्न सक्नु हुन्छ ।

– तपाईले फोनको सुरक्षाका लागि कभर प्रयोग गर्ने गर्नुभएको होला । तर कहिलेकाही कभरका कारण पनि फोनमा समस्या उत्पन्न हुन सक्छ । यसले फोन तात्ने लगायतका समस्या उत्पन्न हुने खतरामा बृद्धि हुन्छ ।

– यदी मोबाइल तातेको बेलामा तपाईले खोल हटाएर जाँच गर्नुभयो र त्यो खोल हटाँउदा मोबाइल चिसो हुन गयो भने मोबाइलमा कभर नराख्दा नै उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?