एजेन्सी । अफगानिस्तानका इक्रम अलि खिलले विश्वकप क्रिकेटमा बिहीबार वेस्ट इन्डिजविरुद्ध ८६ रन बनाउँदै क्रिकेट स्टार सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।
९३ बलमा ८६ रन बनाएका इक्रम विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने युवा खेलाडी बन्न पुगेका छन् ।
१८ वर्षका इक्रमले सचिन तेन्दुलकरले १९९२ को विश्वकपका बेला न्युजिल्याण्डविरुद्ध हानेको ८६ रनको कीर्तिमान तोडेका हुन् । १९९२ मै तेन्दुलकरले जिम्बावेविरुद्ध पनि ७७ बलमा ८१ रन बनाएका थिए ।
वेस्ट इन्डिजविरुद्ध ३ सय ११ रनको लक्ष्य पछ्याउँदा इक्रमले ८६ रन बनाए पनि अफगानिस्तानले खेल जित्नभने सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया