एकान्तमा एक्लै मन्थन गर्नैपर्ने ११ कुरा

appharu
0
Shares


विश्वमा निर्माण तथा व्यापक रुपमा प्रयोग भइरहेका विभिन्न प्रविधी तथा मेशिनरी सामानहरुको प्रयोगले गर्दा मानिसहरुको खुसी, मानवियता, सामाजिक जीवन हराइरहेको छ । मानिसले आफूभित्रको म लाई चिन्न चुकेको छ ।

परिणामस्वरुप मानिस दुखि छ ।

त्यसैले तपाई आफैँले मनन गरेर खुसी बटुल्न सक्नुहुन्छ ।

आफूसँग भएको कुरामा तपाई खुसी हुनुपर्छ । नयाँ भिज वस्तु तथा सेवा पाउनको लागि हरसम्भव कोशिस गर्नैपर्छ तर आफूसँग भएको कुरालाई अवमूल्यन गरिरहनुभयो भने तपाई जीवनभर खुसी हुन सक्नुहुन्न ।

  1. प्रतिक्रिया दिन हतारो नगर्नुहोस् । तपाईले मनन गर्नुहोस् त तपाईले प्याच्च बोलेका कारण कति जनाको मन दुखेको होला । भलै तपाईको अगाडी उनीहरु हाँसको जस्तो गर्लान् तर कुनै दिन मौका पर्दासाथ तपाईले दिएको पीडाको प्रतिक्रिया उनीहरुले दिनेछन् । त्यसैले कसैलाई खिसिट्यूरी गर्ने समयमा शान्त रहनुहोस् ।

2. हार र जितमा म संयम हुन्छु । हो, जीवनमा सधै एउटै समय चल्दैन । दुख सुख हाँसो खुसी यी कुराहरु जीवनका विभिन्न अंश्हरु हुन् । त्यसैले म जुनसुकै घडीमा पनि संयमित हुन्छु भन्ने किसीमको आत्मानुशासन राख्नुहोस् ।

3. म सधै सकारात्मक सोंच राख्छु । समस्या सोँचेर भन्दापनि समाधानका निमित्त दिमाग खर्चन्छु ।

4. आफ्नो लक्ष्य हासिल गर्न प्रतिवद्ध छु । यसका लागि निरन्तर लागिरहेन्छु ।

5. कुनै हारमा पनि हरेश खाँदिन मलाई थाहा छ कि जीवनमा अझै धेरै राम्रा कुरा आउन बाँकि नै छ ।

6. झुटो कुरा कहिल्यै गर्दिन । हो गल्तीमा माफि माग्छ तयार छु ।
चुनौतीको सामना गर्न जहिलयै तयार छु ।

7. मेरो पहिलो ध्येय असल मानिस हुनुमा छ । मलाई अरुका कारण दुखेको चित्त मेरा कारण कसैले नदुखाओस् भन्नेमा सर्तक छु ।

8. सँधै आफूलाई असल मानिस बनाउने कोशिस गर्छु ।


9. सबै सजीव तथा निर्जीव चिज तथा वस्तुलाई माया गर्नेछु ।

10. आज म सँग जे छ भविष्यमा पक्कै पनि यस्तै हुने छैन । भविष्य विल्कुल फरक पनि हुन सक्छ । मेरो अगाडी सुनौलो भविष्य बाँकि छ । तथापी मैले सोँचेभनदा खराब समय आउँदा पनि आफ्नो लक्ष्यबाट किञ्चित डगमगाउने छैन ।

11. सानो सानो सफलतामा पनि रमाउँछु । किनकी आज मानिसले सधै चाहेको तर पैसामा किनबेच गर्नै नसक्ने कुरा निसन्देह खुसी नै हो । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?