श्रीमती भागेपछि युएईका प्रधानमन्त्री तनावमा पुगे अदालत

appharu
0
Shares


संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतोम आफ्नी श्रीमती भागेपछि तनावमा छन् ।

श्रीमतीहरुमध्ये एक राजकुमारी हया बिन्ट अल हुसेनविरुद्ध उनले बेलायती अदालतमा मुद्दा दायर गरेका छन्।

तस्वीर गूगलबाट

जोर्डनका पूर्व राजाकी बहिनी हयाले दुबईका शासकसमेत रहेका श्रीमान शेखलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको हो । शेखले बेलायतको ुलन्डन फेमिलि कोर्टु मा हया विरुद्ध मुद्दा दायर गरेको बुझिएको छ।


अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले आफ्नी हयाले छाडेर जानु कारण र शेखले हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु छन् ।

राजकुमारी हया हाल बेलायतमा रहेको इमराती शाही परिवारको घरमा बसिरहेको अनुमान गरिएको छ।


जुलाई ३० मा मुद्दा माथि बहस हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?