सिंगापुरलाई स्तब्ध बनाउँदै नेपाल सेमिफाइनलमा

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

तस्वीर: गुगल

सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । यस्तै कन्नुस्वामी सतिशले २४ रन बनाए । चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्न कुशल मल्लले ४ विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १र१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।

जितसँगै समूह एु को नेपालले २ खेलबाट ४ अंक जोड्यो । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

यस्तै सिंगापुरले २ खेलबाट २ अंक जोड्यो । दुवै खेल गुमाएको चीन अंकविहीन बन्दै घर फर्किएको छ ।

अब नेपालले समूह बीु को उपविजेता र सिंगापुरले विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?