ग्लोबल आईएमई र जनता बैङ्क मर्जर हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ । आज काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रम गर्दै यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् ।

मेगा बैङ्कसँग मर्जरको चर्चा चलिरहेको ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो ।

जनता बैंकका अध्यक्ष केशब रायमाझी र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

दुई बैंक एकीकृत भई बन्ने ठूलो बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहने सहमति भएको बुझिएको छ ।

कमिटीमा दुवै बैंकको तर्फबाट ३ ३ जनाको सहभागिता रहेको छ ।
कमिटीको सहसंयोजक जनता बैंकका गौतमप्रसाद खनाल रहेका छन् भने अन्य सदस्यहरुमा जनता बैंकको तर्फबाट रामप्रसाद भण्डारी र सञ्जिव न्यौपाने र ग्लोबल आइएमई बैंकको तर्फबाट नुमनाथ पौडेल र सुमन पोखरेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?