गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन शनिबार

appharu
0
Shares

एजेन्सी । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन शनिबार अष्ट्रेलियाको शहर सिड्नीमा हुँदैछ ।

निर्वाचनले आगामी दुई वर्षका लागि अष्ट्रेलियाभर रहेका नेपालीहरुको नेतृत्व चुन्नेछ । निर्वाचनमा दिनेश पोखरेल र केशव कँडेलको समूह लड्दैछन् ।

अष्ट्रेलियामा करीब दुई लाख नेपाली रहेकामा मतदाता करीब १२ हजार रहेको बताइएको छ । आठ प्रदेश रहेको अष्ट्रेलियामा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समिति र प्रदेश समितिका २०९ पदका लागि निर्वाचन हुने भएकामा ४२० जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक मन केसीले जानकारी दिए ।

मतदान अष्ट्रेलियाका आठै प्रदेशमा अनलाइनमार्फत हुने र मत परिणाम शनिबार नै सार्वजनिक गरिने तयारी भएको रेडियो नेपालका पत्रकार भुवन आचार्यले सिड्नीबाट जानकारी दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?