एउटा शब्द बुझे जीवनभर खुसी ! जानीराखौँ

appharu
0
Shares


मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवान्सँग प्रार्थना गर्छ । उसको माग सूनुवाई हुन्छ । धन्यवाद् । मलाई पुग्यो भन्दैन ।


फेरि अर्को कल्पनामा रमाउँछ । त्यो चाहियो भन्छ । जोडबलले प्राप्त गर्छ अनि फेरि असन्तुष्ट ।
मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । उ विनाअवरोध आफूले चाहेको कुरा होओस् भन्ने सोच्छ । परिणाम आफूले सोचेको पक्षमा नआए दुखि हुन्छ । बाचुन्जले यस्तै चक्रमा जकडिएर मानिसले आफ्नो इहलिला समाप्त गर्दछ।

हो, बदलिँदो समाज परिवेश, आविष्कार भइरहेका नयाँ प्रविधीको कारणले अहिले मानिसहरु खुसी छैनन् ।


जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सकसैसकसमा जीवन बाँचीरहेका छन् मान्छेहरु । हो,
मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सजिलो उपाय सुझाइएको छ ।
हिन्दुहरुको महान धर्मग्रन्थ गितामा विशेष तर सरल सुत्र छ।

श्रीमदभागवत् गीतमा लेखिएको छ :
संतुष्टस् सततम् संतुष्टो येन केनचित् अर्थात् सधै सन्तुष्ट रहौं, जसरी पनि सन्तोष गरौँ ।

र जीवनभर बुझ्नुपर्छ असन्तोष दुःखको कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?