बोको हरामको आक्रमण सेनाद्वारा विफल

appharu
0
Shares

एजेन्सी । नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ ।

नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए । सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ ।

तस्वीर: गुगल

सेनाका ब्रिगेडियर जनरल बुलामा बिउले नाइजेरियाली वायुसेनाको सहयोगमा सैनिकले बोको हरामका लडाकूहरुलाई परास्त गरेको जानकारी दिए ।

बन्दुक–जडित ट्रकमा आएका बोको हरामका लडाकूहरुले सेनाको शिविरमा आक्रमणको प्रयास गरेका थिए । दुई दिनअघि पनि बोर्नोको छिमेकी राज्य योबेमा पनि बोको हरामका लडाकूले सैनिक शिविरमा असफल आक्रमण गरेका थिए ।

भिडन्तमा मारिएका लडाकाको संख्याका बारेमा बताउन अस्वीकार गरेका ब्रिगेडियर जनरल बिउले बोको हरामका लडाकूबाट दुई वटा ट्रक र हातहतियार बरामद गरिएको बताए ।

सिन्ह्वालाई प्राप्त अर्को एक सूचना अनुसार सेनाको प्रतिकारका क्रममा कम्तीमा नौ जना आतंकवादी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?