काठमाडौं । ७ वटा बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिपछि बैंकहरुलाई फोर्स मर्जरमा लैजाने चर्चा गरिरहेको बेला बैंकहरुले आफै मर्जरमा जाने प्रतिबद्धता जनाउन थालेका हुन् ।
प्रतिबद्धता जनाउने बैंकहरुमा एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र जनता बैंक रहेका छन् ।
ग्लोबल आइएमई बैंकले शुक्रबार जनता बैंकसँग मर्जर सम्झौता गरिसकेको छ । यी २ बैंकले राष्ट्र बैंकमा पुगेर सम्झौताबारे जानकारी गराएका हुन् ।
बाँकी ६ वटा बैंकहरुले आफूहरु मर्जरमा जान तयार रहेको प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाए पनि कुन बैंक कुनसँग मर्जरमा जाने भन्नेबारे खुलिनसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया