कार्यालय सहयोगी विरुद्ध घुस लिएको अभियोगमा मुद्दा दर्ता

appharu
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेषअदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ ।

यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेलाई जरिवाना बापतको दुई सयको चिट हवल्दार सिंहले काटेको घटनाक्रमबाट खुलेको छ ।

न्यौपानेले कागजात नभएको भन्दै २०० चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए । भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक÷पटक गरी न्यौपानेलाई एक लाख उपलब्ध गराएका थिए ।

आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?