प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक मर्ज हुने

काठमाडौं । प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक मर्ज हुने भएको छ । प्राइम बैंकले कैलाशलाई ९४ रुपैयाँको दरले मिसाउन लागेको हो ।

मर्ज गरेपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर भाडिएपछि प्राइमले धेरैवटा विकास बैंकलाई प्रस्ताव गरेको थियो ।

कैलाश विकास बैंकसँग सेयर स्वाप लगायत विषयमा कुरा मिलेको थिएन ।

शुक्रबार प्राइम बैंकको केन्द्रीय कार्यालयमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?