चार जना पक्राउ

appharu
0
Shares

काठमाडौँ-नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए ।
घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । लागुऔषध सेवन गरी उनीहरुले एकापसमा झगडा गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?