आरजुको मान्छे महिला संघ डडेलधुराको संयोजक बन्दा भाँडभैलो

appharu
0
Shares

काठमाडौं–काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा गरिएको भगिनी संगठनको मनोनयन विवादमा ताएिको छ ।
नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले डडेलधुराको तदर्थ समितिको संयोजकमा कलावती बोहरालाई मनोनय गरेपछि विवाद छताछुल्ल भएको हो । बोहरा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा निकट भएको बताइएको छ । राणाकै जोडबलमा उनी संयोजक बनेपछि जिल्ला पार्टी कार्यसमितिले कडा आलोचना गरेको छ ।
संयोजक तोकिएको भनी लेटरप्याडको दुरुपयोग गरी सामाजिक संजालमा भ्रम फैलाएको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
उनले एक प्रेस विज्ञप्ति समेत जारी गरेर भातृ संगठन नेपाल महिला संघ डडेल्धुराको संगठनको विषयमा सामाजिक संजालका अर्नगल खबरप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् ।

‘कांग्रेस केन्द्रीय कार्य समितिले गाउँ र वडा तहसम्म नै जागरणका कार्यक्रम संचालन गरी सम्पूर्ण भातृसंगठन चुस्तदुरुस्त पार्न र सबै कार्यकर्ताबीचमा नवीन ढंगको एकता कायम गरी वर्तमान अधिनायकवादी सरकारका विरुद्ध एकजुट भएर लड्न निर्देशन भएका बेला, नेपाली कांग्रेसको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यो विषयमा जिल्ला कार्यसमितिलाई कुनै आधिकारिक जानकारी नआएको पनि मल्लले जानकारी दिए ।
पार्टीको अनुशासन उलंघन गरी जथाभावी प्रतिक्रिया दिने र चरम गुटबन्दी तर्फ पार्टीलाई धकेल्ने जो कोहीलाई पनि अनुशासनको दायरामा बस्न कांग्रेस डडेल्धुराले सचेत गराएको छ।
देउवाको गृहजिल्ला भएपनि डडेलधुरा काँग्रेसमा लामो समयदेखि गुटबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?