काठमाडौं | सिरहाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् | सिरहा नगरपालिका १७ पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका भारतीय युवकलाई साढे पाँच किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय युवक २८ वर्षीय शत्रुधन कुमार सिंहलाई रहेका छन् ।
प्रहरी निरीक्षक शाहीका अनुसार बीआर ०१ बीएक्स ४२४९ नम्बरको मोटरसासइकल चढेर भारततर्फ जाँदै गरेका सिंहलाई सिरहा नगरपालिका १७ पटेर्वास्थित कमला बाँधमा चेकजाँच गर्दा झोलामा गाँजा भेटिएको हो ।
भारत बिहारको मधुवनी जिल्ला कोलुअही बलुवा टोल घर भएका सिंहलाई गाँजासहित पक्राउ गरि जिल्ला प्रहरी सिरहामा पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया