काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सवा चार बजे भूकम्पको धक्का महसुस भएको हो ।
चार दशमलब ६ रेक्टर स्केलको भूकम्प भक्तपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
लामो समयपछि काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।
अहिले काठमाडौंमा भारी वर्षा भएको छ ।
शनिबार कै दिन भूकम्प गएपनि २०७२ सालको झल्को दिने भूकम्प भन्दै नागरिकहरु त्रासले खुल्ला स्थानमा निस्केका थिए ।
यद्यपी भूकम्पको क्षति विवरणबारे थाहा हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया