कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

appharu
0
Shares

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दैछ ।

कार्यसमिति बैठकमा संस्थापन बाहेकका समूहले महाधिवेशनको तयारीमा लाग्न संस्थापन पक्षलाई दबाब दिने तयारी गरेका छन् । बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको छ ।

शनिबार आपसि छलफल गरेर नेताहरु रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालालगायत समूहले आइतबारको बैठकमा महाधिवेशनमा केन्द्रित हुन दबाब दिने सहमति गरेको नेताहरुले नेताहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको, भातृ संगठन लथालिंग बनाएको, आफू निकटका नेताहरुलाई मात्र भूमिका दिएको संसदमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेकोलगायत विषय पनि उठाउने संस्थापन बाहेकका समूहको तयारी छ ।

पार्टीका संरचना तथा भातृ संस्था तथा नियमावली मस्यौदा समितिको मस्यौदाका बारेमा छलफल, जागरण अभियानको पहिलो चरणको समीक्षा तथा समसामयिक राजनीति र सरकारको काम कारबाहीलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?