एलिजाले पहिरिईन मिस जनजातिको ताज

appharu
0
Shares

काठमाण्डौं । मिस जनजाति २०१९ को ताज गोरखाको दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छन् ।

राष्ट्रिय नाचघर जमलमा भएको प्रतिस्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङले मिस जनजातिको ताज जित्न सफल भएकी हुन् ।

मिस भ्यूअर्स च्वाइस र मिस बेस्ट हेयर, बन्न सफल गुरुङले नगद ५० हजारसहित मेडल प्राप्त गरेकी छन् । फाइनलका लागि एलिजासँगै १० जना भिडेका थिए । एलिजा तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य हुन् ।

प्रतियोगितामा अप्सरा गोले फस्र्ट रनर अप र प्रेमकुमारी मगर सेकेण्ड रनर अप बने। उनीहरुलाई आयोजक संस्थाका सन्त लामा र गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङले ताज पहिर्याएका थिए।

साथै धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले सम्मान गरेकी थिइन् । विभिन्न जातजाति, भेषभुषा, कला संस्कृति, रहनसहन, रीतिथितिको संरक्षण र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको एलिजा गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?