विमानस्थलमा ‘बेबी डाइपर’मा भेटियो सुनैसुन, कसले पठायो ?

appharu
0
Shares


यो कुनै ग्राहकले किनेको डाइपरमा भेटिएको सुनको समाचार होइन । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा धमाधम सुन पक्रन थालेपछि अवैध कारोबारीले नयाँ ‘टेक्निक’ प्रयोग गर्न थालेका छन् ।

तस्वीर गूगलबाट लिइएको हो ।

डाइपरमा लुकाएर नेपाल भित्राउँदै गरेको अवैध सुनसहित तीन वर्ष कतारमा काम गरेर कतारबाट फर्किएका लीलाबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
उनले ल्याएको दुई दर्जन बढी डाइपरमा सुन भेटिएको प्रहरीले जनाएको छ।

सुनको सबै परिमाण थाहा पाउन प्रहरी टोली डाइपर खोल्न परिचालित भएको छ ।


राम थापा भन्ने व्यक्तिले स्याम्पोसहित आफुलाई ती डाइपर पठाएको र एअरपोर्टमा मान्छे लिन आउँछन् भनेको थापाले बयान दिएका छन्। कसले कसलाई कुन सेटिङबाट पठाएको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?