पहिरोले टिपर पुर्यो, नुवाकोटको छहरे-टोखा सडक अवरुद्ध

काठमाडौं । नुवाकोटको त्रिशूली-छहरे-टोखा सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका- ६ र ७ स्थित त्रिशूली- छहरे-टोखा सडक खण्डको ६ भन्दा बढी स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार पर्यटकीय मार्गको रुपमा रहेको सो सडकखण्डको गुर्जेभन्ज्याङमा ६ ठाउँमा पहरो खसेर बाटो पूर्ण‍रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । उक्त पहिरोको कारण काठमाडौबाट नुवाकोटको छहरेतर्फ आइरहेको बा२ख १६७० नम्बरको टिपर पहिरोले पुरिएको छ।

पहिरोले बाटो अवरुद्ध हुनुका साथै गाडी पुरेपनि कुनै मानवीय क्षती भने भएको छैन ।

पहिरोले काठमाडौ जाने सयौं यातायातका साधन तथा हजारौं यात्रुलाई गुरुङ गाउँमा राखिएको छ । काठमाडौबाट नुवाकोट जाने सवारीसाधन र यात्रुहरु गुर्जेभन्याङ चेक पोष्टमा रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?