कांग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेः एमाले उपाध्यक्ष ज्ञवाली

दाङ, १ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताएका छन् एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उनले भने “बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।”संयुक्त वाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा विहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै वाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गरेका छन् उहाँले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले वाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने कांग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?