आमाले विवाह गर्न नमान्दा ६ वर्षिया छोरीको अपहरण !

काठमाडौं । रुपन्देहीमा आमाले विवाह गर्न नमानेपछि ६ वर्षिया छोरीको अपहरण भएको छ ।

तिलोत्तमा नगरपालिका–१२ बाट सोमबार साँझ अपहरणमा परेकी ६ वर्षीया बालिकालाई बुटवल–५ मा रहेको बुटवल प्लाजा एण्ड रेष्टुरेण्टबाट प्रहरीले बुधबार बालिका उद्धार गरि अपहरणमा संलग्न वीरगञ्जका जयराम दासलाई पक्राउ गरेको छ ।

स्थानीय रैनी खोलामा पुल बनाउने ठेक्का लिएका दासको कामकै सिलसिलामा बालिकाकी आमासँग चिनजान भएको थियो ।

सामान्य चिनजान भएपछि दासले बालिकाको आमासँग विवाहको प्रस्ताव राखेका थिए ।

विवाहको प्रस्तावलाई बालिकाको आमाले अस्वीकार गरेपछि दासले बालिकाको अपहरण गरेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?