स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

काठमाडौं । वीरगन्जबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीय रंजन दास र २९ वर्षीय बाला यादव रहेका छन् ।


उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दास सवार ना.२५ प ३८५६ नम्बर र यादव सवार ना.५८ प ८८३९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुले आफ्नो खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।


पक्राउ दुवै जनालाई हुण्डी कारोवार सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?