यी खाना खाँदै हुनुहुन्छ ? होशियार ! यस्ता परिकारसँगै खादा ज्यानै जाला

appharu
112
Shares

एजेन्सी । खाना बाँच्नको लागि अपरिहार्य छ तर त्यही खानाले कहिलेकाँही ज्यानै पनि लिन सक्छ ।

पैसा भए पसलमा सबै थरी खानेकुरा पाइन्छ । खानाका परिकार मिलाएर खान नजान्दा वा मिसाएर खानै नहुने परिकार अज्ञानताको कारण मिसाएर खाँदा त्यसले निर्कै असर पार्छ । अझै कतिपय परिकार त मिसाएर खाँदा तत्कालै ज्यान जान सक्छ ।

यी हुन् मिसाएर खानै नहुने परिकारहरु :

१, पाकेको कटहरसँग पोलेको मकै, दुध र घिउ खानु हुँदैन । कटहरसँग यी चिज आए पेट फुलेर तत्कालै मृत्यु हुन सक्छ ।

२, पाकेको मेवा र करेलासँगै खान हुँदैन । यी परिकार मिसाएर वा सँगै खाए तत्कालै जान खान सक्छ ।

३, दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

४, घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।

५, पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।

६, मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दुध सँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

७, माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

८, खिर खाएपछि सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।

९, काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।

१०, तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।

११, खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्छ । यी २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?