आफ्नै सहकर्मीको श्रीमतीको हत्या फरार भएपछि…

काठमाडौं । सर्लाहीमा एक युवाले हथौडा प्रहार गरि आफ्नै सहकर्मीको श्रीमतीको हत्या गरेका छन् ।

रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भइ मलंगवा–९ मा श्रीमानका साथ बस्दै आएकी सुप्रिया भारतीको बिहीबार हत्या भएको हो ।

मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रका डा. दिपेन्द्र रजककी श्रीमती हुन् ।

डा. रजक उपचारमा व्यस्त रहेको बेला मध्यान्ह १२ बजे अप्टिकल असिस्टेन्टको रुपमा कार्यरत ३० वर्षीय अमित बैठाले हत्या गरेको प्रहरीले जनाएकाे छ ।

अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएकी सुप्रियाको हत्या गरी बैठा भारततर्फ भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार बैठाले भारतीसँगै रहेको ४ वर्षीय छोरा दिवस कुमार रजकको टाउकोमा समेत हथौडा प्रहार गरेका छन् । बैठा डा. रजकको भिनाजुको भाइ समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?