काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे हाे । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए ।
जसमध्ये १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्।
यस्तै, ४८ हजार ९६८ ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।
यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१ हजार ५१०, सी ग्रेड ल्याउन छात्र ४२ हजार ८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४ हजार ७०७ जना रहेका छन् । यसैगरी डी छात्र १ हजार ८६६ र छात्रा २ हजार ५६३, ई ग्रेड ल्याउनेमा छात्र ४ हजार २२५ छात्रा ३९८२ रहेका छन् ।
नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया