के भयो करिश्माको एसईई रिजल्ट ? लेखिन यस्तो स्टाटस

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर एसईईको नतिजा कुरेर बसेकी छन्। परिक्षा दिएपछि त्यसको नतिजा के हुन्छ भन्ने कौतुहलताले अरु परिक्षार्थीहरुलाई भन्दा केही थप उनलाई भएको आँकलन गर्न सकिन्छ।

मानन्धरले आफ्नो फेसबुक स्टेटसमा लेखेकी छन्, ‘आज पहिलोपटक महशुस गरे फोन घरीघरी बज्दा कस्तो हुन्छ।’

फेसबुकमा आफ्नो स्कूलको सम्झनालाई केही फोटो मार्फत व्यक्त गर्दै उनले नतिजा राम्रो आफ्नो र साथीहरुको पनि आओस् भनेर प्राथना पनि गरेकी थिइन्। एसईई नतिजा भर्खरै सार्वजनिक भएको हुनाले अभिनेत्री करिस्माले आफ्नो नतिजा सार्वजनिक गरेकी छैनन् ।

झण्डै ३ दशक चलचित्र क्षेत्रमा काम गरेर पुन स्कूले शिक्षालाई निरन्तरता दिएकी मानन्धरले २०७२ सालबाट विद्यालयलाई निरन्तरता दिएकी थिइन्।

उनले मैतिदेवीको त्रिवेणी पब्लिक हाइ स्कूलबाट एसइइ दिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?