अमेरिका-ईरान विवादको बाछिटा नेपालसम्मै : २५ लाख नेपाली कसरी सुरक्षित रहलान् ?

काठमाडौं – अमेरिकाको हवाइ आक्रमणमा परी इरानी सैन्य कमाण्डर सुलेमानीको मृत्यु भएको खबरले त्रसित विश्वलाई इरानको ‘काउन्टर’ आक्रमणले झन् तरंगित बनायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरुमा युद्ध रोक्नलाई आफूले सुलेमानीको हत्याको आदेश दिएको बताएका थिए ।

देशकै शक्तिशाली व्यक्तिमध्ये एक सुलेमानीको हत्या भएपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले यसको प्रतिशोध लिने भन्दै अमेरिकालाई ठाडो चेतावनी समेत दिएका थिए ।

चेतावनी दिएको केही दिनमै इरानले अमेरिकी सैनिकमाथि हमला गरेको थियो ।

इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा इरानले दर्जनौं ब्यालेस्टिक प्रहार ग-यो । उक्त आक्रमणमा ८० भन्दा बढी अमेरिकी सेनाहरुको मृत्यु भएको दाबी इरानको छ । यसपछिको ‘टार्गेट’ दुबई र इजरायल भएको बताउँदै इरानले अमेरिकाले थप आक्रमण गरे आफू चुप नबस्नेसमेत घोषणा गरेको थियो ।

४ दशकभन्दा बढी समयदेखि रिसिबी साँध्दै आएका यी दुई मुलुकबीचको टक्करले तेस्रो विश्व युद्ध निम्त्याउने आशंका धेरैजनाले व्यक्त  गरे ।
यसो हुने हो भने ट्रम्पले बताएअनुसार उनको सुलेमानीमाथि आक्रमण गर्ने आदेशले युद्ध रोकेको होइन बरु झन् उक्साएको प्रतिक्रिया विभिन्न विश्लेषकहरुले दिइरहेका छन् ।

तर जब आज ट्रम्प अलिक मलिन भएर प्रस्तुत भए, तत्काललाई यो खतरा केही हदसम्म मत्थर भएको बुझ्न सकिन्छ ।

४ दशक लामो शत्रुता…

१९५० को दशक देखि नै दुई देशबीचको सम्बन्ध जटिल छ । सन् १९५३ मा कू योजना लागू गर्दै इरानको सत्तापलट गरेदेखि नै इरान अमेरिका दुश्मनीको झिल्को सल्कियो ।

धर्म निरपेक्षताको पक्षमा रहेका तत्कालीन इरानी प्रधानमन्त्री मोहम्मद मोसादिकले धेरैजसो ब्रिटिशहरुको नियन्त्रणमा रहेका तेल खानीहरुले इरानीलाई खासै फाइदा नभएको बताउँदै तेल खानीहरुलाई राष्ट्रियकरण गर्न चाहेका थिए । उनको यो निर्णयपछि ब्रिटिश र अमेरिकी गुप्तचर संस्थाहरुले उनलाई प्रधानमन्त्री पदबाट हटाउन ‘कू’ को योजना रचे ।

त्यसपछि, अमेरिकाको समर्थन पाएका मोहम्मद रेजा साह प्रधानमन्त्री भए । उनले सभाक भनिने गोप्य प्रहरीको सहायतामा आफ्ना विरोधीहरुलाई चुप लगाए ।
अमेरिकाको समर्थन पाएपनि उनले कैयौं इरानीहरुको समर्थन पाएका थिएनन् । यत्तिकैमा साहको विरोधमा उभिएका इरानीहरुको ‘मसिहा’ बन्दै इस्लामिक नेता आयातोल्ला खोमेनी उदाए । खोमेनी अमेरिकाविरोधी थिए ।

प्रधानमन्त्रीको विरोध गरेको भन्दै खोमेनीलाई इरानबाट लखेटियो । उनी पेरिस पुगे ।

सन् १९७९ मा इरानी क्रान्ति शुरु भयो ।

जनता रुष्ट थिए । प्रधानमन्त्रीको सत्ताच्युत भएको हेर्न चाहन्थे । यही संवेदनशील समयलाई अवसर बनाउँदै खोमेनी पेरिसबाट फर्किए । अमेरिकाको साथसमर्थनका बावजुत साहले निर्वासनमा जानुपर्ने भयो । खोमेनी सत्तामा आए । इरानमा जनमत संग्रहपश्चात् गणतन्त्र आयो र इस्लामिक मुलुकका रुपमा स्थापित गरियो । खोमेनी देशकै पहिलो सर्वोच्च धार्मिक नेता बने ।

विरोध र क्रान्तिबाटै उदाएका खोमेनी एकाएक निरंकुश शासकमा परिणत भए । उनको नेतृत्वमा इरान झन् अमेरिकाविरोधी बन्दै गयो ।

ट्रम्पले फेरि चिस्याए इरानसँगको सम्बन्ध…

अमेरिका इरानबीच सन् १९८० देखि कुनै किसिमको कुटनीतिक सम्बन्ध स्थापित हुन सकेको छैन । ४ दशक लामो यस शत्रुतालाई अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले केही साम्य पार्ने कोसिस गरेका थिए । ओबामा राष्ट्रपति छँदै इरानले सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो । जस अनुसार इरानले आफूसँग भएको यूरेनियमलाई आणविक हतियार बनाउन प्रयोग नगर्ने र इन्धनका रुपमा मात्रै प्रयोग गर्ने कुरामा सहमति जनाएको थियो ।

तर, ट्रम्पले सम्झौता खारेज गर्दै यी सबै कुरा बिर्सिए र शत्रुता बढाउने कोसिस गरे ।

नेपाललाई कस्तो असर ?

मध्यपूर्वी तनावले त्यहाँ बस्ने २५ लाख नेपालीको सुरक्षाको प्रश्न खडा गरिदिएको छ । केही सञ्चारमाध्यमसँग त्यहाँ बसोबास गरिरहेका नेपालीले इरान र अमेरिकाबीचको यस द्वन्द्वले आफूहरुलाई एक सेकेण्डपनि त्यहाँ बस्न मन नलागेको प्रतिक्रिया दिइरहेको स्टोरीहरु सार्वजनिक गरिरहेका छन् ।

उता नेपाली सेनाले शान्ति स्थापनार्थ मिसनमा गएका नेपाली सेनाको चिन्ता लिँदै चनाखो भएर बस्न भनेको छ । तिनका परिवार अत्तालिरहेका छन् । यो घटनाले विश्व बजारमा तेल तथा ग्यास वितरणलाई निकै प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७० अमेरिकी डलर पुगेको छ । रोयटर्सका अनुसार तीन दिनमा कच्चा तेलको मूल्य २.१ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, सुनको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसको प्रभावबाट नेपाल पनि मुक्त हुन सकेको छैन ।

नेपालले कुनै पनि खाडी मुलुकबाट प्रत्यक्ष तेल आयात नगरेपनि भारतलाई यस द्वन्द्वको प्रत्यक्ष प्रभाव पर्ने हुनाले त्यसको बाछिटाले नेपाललाई पनि पिरोल्ने विज्ञहरुको भनाइ छ ।

फेरि, मध्यपूर्वका विभिन्न राष्ट्रहरुसँग इरानको सम्बन्ध खासै राम्रो छैन । इरान र साउदी अरबको सम्बन्धमा तीक्तता छ भने इरान र इजरायलबीचमा पनि खासै सुमधुर सम्बन्ध छैन । यस्तो अवस्थामा मध्यपूर्वमा भएका यी देशहरुबीचको द्वन्द्वले नेपाललाई पनि असर गर्ने विज्ञहरुको अनुमान छ । खासगरी यी देशमा वैदेशिक रोजगारीका लागि गएका नेपालीहरुलाई असर पर्ने हुनाले देशकै अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुटनीतिज्ञहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस् :

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?