के इरान युद्ध नै चाहन्छ ? अमेरिकी सेनामाथि तेस्रोपटक हमला, दर्जनौं मिसाइल आक्रमण

काठमाडौं । अमेरिकाले ३ जनवरीमा इरानको सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सारा विश्वको ध्यान अहिले अमेरिका र इरानबिचमा के साँच्चै युद्ध हुँदैछ भनेर मानिसहरुले शंका गर्न थालेका छन् । यो यथार्थ हो कि अमेरिका र इरानबीच युद्धको संकेत आईरहेको छ ।

आइतबार इरानले इराकमा रहेका अमेरिकीसेना माथि दर्जनौं मिसाइल आक्रमण गरेको छ । इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा इरानले आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो । यो आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् । इरानको यो तेस्रो हमला हो ।

इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो । अल बलाद एयरबेसमा अमेरिकी सेना बस्दै आएका थिए तर, इरान र अमेरिकाबीच तनाब बढेपछि अल बलाद एयरबेसमा अमेरिकी सेना बस्न छाडिसकेका थिए ।

आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आए पनि दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ । अमेरिकाले इरानसँग अमेरिकाले संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी पनि गरेको थियो ।

त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल असद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।

अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सैन्य अखाडामा २२ मिसाइल प्रहार गरेको हो ।

मिसाइल आक्रमणको भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएको त्यहाँका सञ्चारमाध्यमलाई उदृद गर्दै बिबिसीले जनाएको छ ।

यस अघि अमेरिका र इरानको बारेमा लोकपथमा प्रकाशित भएको समाचार पढ्नु भएको थियो ?

इरानको २० क्षेप्यास्त्र प्रहार, कसरी चुक्यो निशाना ?

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?