काठमाडौं । कोरोना संक्रमण मुक्त भई पहिलो खेलमै युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । सिरी ए फुटबल अन्तरगतको खेलमा युभेन्टसले स्पेजियालाई ४-१ गोल अन्तरले पराजित गर्यो जसमा रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले समान एक एक गोल गरे ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो खेलमा चम्किएका थिए । खेलको ५६ औं मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले खेलको ५९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ४-१ को जित दिलाए ।
यो पनि पढ्नुहोस् : रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित
कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् । करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए ।
पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई गत अक्टोबर १३ मा कोरोना संक्रमण देखिएको थियो । नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।
यो पनि पढ्नुहोस् : क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण
कोरोना संक्रमण देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका थिए । कोरोना पोजेटिभ देखिएको ११ दिन पछि परीक्षण गर्दा पनि उनको रिपोट पोजेटिभ आएको थियो ।
परिक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाएका थिए । उक्त खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले पराजित गरेको थियो । बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरेका थिए ।
अक्टोबर ३१ मा रोनाल्डो कोरोना संक्रमण मुक्त भएका थिए । उनी कोरोना संक्रमण देखिएको १९ दिनपछि कोरोना मुक्त भएका थिए ।
यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया