काठमाडाैं : जनताले बैंकमा पैसा राख्दा मिलोमतो गरि कम ब्याज दिने सिन्डिकेट चलाएको नेपाल बैंकर्स संघको सिन्डिकेट तोडिएपछि बैंकहरू बचतकर्ताहरूलार्इ बढि व्याज दिने प्रतिष्पर्धामा उत्रेका छन् ।
यसअघि ब्याजदर बढि दिन खोज्दा सिन्डिकेटको शिकार भएको एनअार्इसी एसिया बैंकले सिन्डिकेट तोडिएपछि सोमबार रोकिएको बचतकर्तालार्इ १२ प्रतिशत ब्याज दिने योजना सक्रिय पारिसकेको छ । एनअार्इसीलार्इ पछि पार्दै सिभिल बैंकले निक्षेपकर्तालार्इ १२.२२ व्याज दिने घोषणा गरेको छ । २ सय २२ दिने मुद्दती खातामा १२.२२ र चन्द्रसूर्य वचत खातामा १० प्रतिशत बार्षिक ब्याज दिने बैंकले जनाएको छ ।
बैंकहरूले धमाधम अाकर्षक ब्याज दिएर तरलता खिच्न थालेपछि यसअघि जनताको पैसा राखेर कम ब्याज दिने गरेका बैंक तथा वित्तीय संस्थालार्इ पनि तत्काल ब्याजदर बढाउन दबाब परेको छ । केही दिनभित्रै दर्जनाैं वित्तीय संस्थाले ब्याजदर बढाउनैपर्ने अवस्था रहेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।
यो पनि पढ्नुहोस् :
ब्याजदरमा बैंकको सिन्डिकेट तोडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया