राष्ट्रिय टोलीले जित्यो, तर र्इरानीले फूटबल हेर्न पाएनन् !

तेहरान : र्इरानलार्इ एसियाली फुटबलको महारथी मानिन्छ । रसियामा अायोजना भर्इरहेको फिफा विश्वकपमा र्इरान सहभागी भएको छ र शुक्रबार बेलुकी भएको खेलमा मोरोक्कोबिरूद्द १ गोलको जीत निकालेको छ । 

तर, र्इरानी जनताले रमार्इलो र खुशीका साथ विश्वकप खेलिरहेको अाफ्नो देशको राष्ट्रिय टोलीको खेल हेर्न पाएनन् । इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगार्इदिएपछि तेहरानका पार्क एवं रंगशालामा सजार्इएका दर्शक कक्षहरू राैनकहीन बनेका छन् । 

रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हो । मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो । 

देशभरीका खुल्ला साजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएको जनाइएको छ । तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए । 

तर एउटा खेल सम्बन्धी अनलाईन खवर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित हुनुको कुनै कारण उल्लेख गरिएको छैन । 

र्इरानमा अहिले पनि महिलाहरूलार्इ रंगशालामा गएर फुटबल हेर्ने अनुमति छैन । तर, केही महिनाअघि युवतीहरूको एक समूहले रंगशालाको कडा सुरक्षा व्यवस्थालार्इ तोड्दै पुरूषको भेषमा प्याराफिटमा बसी फूटबलको मज्जा लिएका थिए । हेर्नुहोस् समाचार ः यस्ता फुटबल फ्यान, जसले खेल हेर्न राज्यको कानूनै तोडे​

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?