बाणिज्य बैंकबाट हटेको ‘ब्याजदर सिन्डिकेट’ विकास बैंकमा स-यो

काठमाडाैं : नागरिकले बैंकमा पैसा राखेबापत कम ब्याज दिने र ऋण दिएबापत चर्को ब्याज ठटाउने बाणिज्य बैंकहरूको सामन्ती 'सिन्डिकेट' हटेको एक हप्तामात्र भयो । तर, ब्याजदरको सिन्डिकेटलार्इ बचार्इराख्न विकास बैंकहरू अघि सरेका छन् । 

विकास बैंकहरूको छाता संस्था भनिने डेभलपर्स बैंकर्स संघले अाफ्ना बैंकमा पैसा जम्मा गर्ने नागरिकलार्इ १२ प्रतिशतभन्दा बढि व्याज नदिने 'भद्र सहमति' गरेका छन् । जबकी, नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरूमा लादेको व्याजदर सिन्डिकेट हटेपछि अहिले बाणिज्य बैंकहरूले नै १३ प्रतिशत हाराहारीमा व्याज दिन थालेका छन् । 

बढि ब्याज दिने निर्णय गरेर बाणिज्य बैंकले गल्ती गरेको र यसले बजारमा इन्ट्रेस्टरेटको अातंक मच्चिने देखेकाले अाफूहरूले ब्याजदरमा एकरूपता कायम गरेको संघका एक पदाधिकारीले बताए । ब्याजदरमा थ्रेसहोल्ड (सिमा) लगाउने र त्यो भन्दा बढि ब्याज दिन नपाउने गरि संघले सिन्डिकेटमैत्री भद्र सहमति गरेको हो ।

सम्बन्धित समाचार
ब्याजदरमा बैंकको सिन्डिकेट तोडियो
बैंकर्स संघको सिन्डिकेट तोडिएपछि बढि ब्याज दिने प्रतिष्पर्धा
ब्याजदरमा प्रतिष्पर्धा गर्दै बैंक, कून बैंकले कति दिँदै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?