ब्याजदरमा फेरि बैंकर्स संघको ‘सिन्डिकेट’

काठमाडाैं : नागरिकले गाँस काटेर बैंकमा जम्मा गरेको रकममा कम ब्याज दिनका लागि नेपाल बैंकर्स एसोसिसनले फेरि बैंकिङ ब्याजदरमा सिन्डिकेट लादेको छ । 'भद्र सहमति' का नाममा बैंकमा रकम राख्नेलार्इ कम ब्याज दिने बैंकबाट कर्जा रकम लिनेबाट चर्को ब्याज असुल्न बैंकहरूबीच 'कुरो मिलेको' हो । 

नेपाल राष्ट्र बैंकले  बैंकहरूलार्इ कर्जामा ११.६ प्रतिशतभन्दा बढि ब्याजदर नअसुल्न निर्देशन दिएलगत्तै बैंकहरूको सिन्डिकेटधारी संस्था 'नेपाल बैंकर्स एसोसियसन' ले जेठ २७ गते ब्याजदर सिन्डिकेट फिर्ता लिएको थियो । राष्ट्र बैंकका अनुसार अहिले बैंकहरूको निक्षेपको भारित औषत व्याजदर ६.६ प्रतिशत छ भने स्प्रेडदर ५ प्रतिशत छ । यो दुवै अंक जोड्दा बैंकहरूले ११.६ प्रतिशतभन्दा बढि व्याजदरमा कर्जा दिन मिल्दैन । त्यसलगत्तै बैंकहरूले तरलता अाकर्षित गर्न १३ प्रतिशत हाराहारीमा ब्याज दिने भन्दै बचतका विभिन्न 'स्कीम' सार्वजनिक गरेका थिए । 

तर, सिन्डिकेट फिर्ता भएको एक हप्ता नपुग्दै गत बिहिबार बैंकहरूले पुन ः ब्याजदरमा सिन्डिकेटको घोषणा गरेपछि बैंकहरूले निक्षेप (बैंकमा नागरिकले जम्मा गरेको बचत) मा दिने ब्याज घटेको भन्दै मोबार्इलबाट एसएमएस पठाउन थालेका छन् । सानीमा बैंकले शुक्रबार अाफ्ना सेवाग्राहीलार्इ पठाएको सन्देशमा मुद्दतीमा ११, संस्थागत लगानीमा १० र बचतमा ७ प्रतिशत ब्याजदर झारिएको उल्लेख गरेको छ । 

ब्याजदरमा सिन्डिकेट लादेर बचतकर्तालार्इ मर्कामा पारिरहेपनि बैंकहरूले व्याजदरमाथिको सिन्डिकेटलार्इ 'ब्याजदरमा स्थायित्व' नामको लेपन लगाउने गरेका छन् । हाल बैंकहरूले अाफुसँग रकम (लगानीयाेग्य पूँजी) को अभाव नभएको जनाउँदै ब्याजदरमा सिन्डिकेट चलाएका हुन् । लगानीका लागि रकम अावश्यक पर्दा राम्रो ब्याजदरको अाश्वासन दिएर नागरिकको पैसा खिच्ने र तरलताको समस्या समाधान भएपछि बीचैमा ब्याजदर घटाउने 'बेर्इमानी' बैंकहरूले गर्दै अाएका छन् । 

लगानीयोग्य रकम बढि भएका बेला सस्तो ब्याजदरमा कर्जा दिने र केही समयपछि सोही कर्जामा चर्को ब्याजदर असुल्ने प्रवृत्ति बैंकहरूमा छ । नियामक नेपाल राष्ट्र बैंकले बैंकहरूको यस्तो रवैयामाथि लगाम लगाउन सकेको छैन भने बैंकहरूले अनेकानेक बैंकिङ टर्मिनोलोजी प्रयोग गर्दै बचतकर्ता र कर्जाका ऋणीहरूलार्इ समस्यामा पार्दै अाएको छ । 

सम्बन्धित समाचार : 

बैंकमा रकम राख्नेले १२.५०% सम्म ब्याजदर पाउने​

बैंकर्स संघको सिन्डिकेट तोडिएपछि बढि ब्याज दिने प्रतिष्पर्धा​

बाणिज्य बैंकबाट हटेको 'ब्याजदर सिन्डिकेट' विकास बैंकमा स-यो

ब्याजदरमा बैंकको सिन्डिकेट तोडियो​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?