काठमाडाैं : ४ दिनमा जम्माजम्मी ६ प्रतिशत मात्रै एफपीअो बिकेपछि नेपाल बैंक लिमिटेडका शेयरधनी समस्यामा पर्ने देखिएको छ । चालु अार्थिक बर्षभित्रै वासलातमा प्रिमियम रकम राखेर अाफ्ना लगानीकर्तालार्इ बोनस समेत वितरण गर्ने अाश्वासन दिएको बैंकले एफपीअो नै बेच्न नसकेपछि यसका शेयरधनीहरू मर्कामा पर्ने भएका हुन् ।
बैंकले चालु अार्थिक बर्षको वासलात असार मसान्तसम्म तयार गरिसक्नुपर्छ । नेपाल बैंकले असार १९ गतेसम्म एफपीअो बेचिसक्नेगरि शेयर निष्काशन गरेको थियो । शेयर विक्री गर्ने प्रथम अविधमा जम्माजम्मी ६ प्रतिशतमा मात्रै अावेदन परेको छ। अब साउनको तेस्रो सातासम्म बैंकको एफपीअो बिक्रीमा रहनेछ ।
तर, शेयर बेचेर नाफा बाँड्ने अाश्वासन दिएको बैंकले वासलात तयार गर्दासम्म एफपीअो बेच्न नसक्ने निश्चितप्राय: देखिएको छ । असार मसान्तसम्म वासलात तयार गर्दा अब वासलातसँग एफपीअोको कमार्इको कुनै सार्इनो सम्बन्ध नरहन सक्छ ।
बैंकलार्इ एफपीअो बेच्नै दुर्इ अार्थिक बर्ष लाग्ने पक्कापक्की छ । असार १९ गते मंगलबार निष्काशन बन्द गर्ने गरी नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप नयाँ सेयरको बिक्री खुल्ला गरेको थियो । अबको १२ दिनमा सवै एफपीअो बेचेर वासलातमा राख्न नेपालको पूँजीबजारमा 'मि-याकल' नै हुनुपर्छ ।
नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार सम्ममा एफपीअो खरिदका लागि ९ हजार ६ सय ३२ वटा मात्र आवेदन परेको छ । हालसम्म २८ करोड ९० लाख ७२ हजार रुपैंयाबराबरको मात्र एफपीअो बिक्री भएको छ । शेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताले चासो नदेखाएपछि प्रत्याभुतकर्ता कम्पनीहरुले नेपाल बैंकको एफपीअोको ठूलो भार बोक्नुपर्ने देखिएको छ ।
यो पनि :
एनएमबीपछि नेपाल बैंकलार्इ एफपीअो बेच्न मुस्किल !
नेपाल बैंकले १ करोड ७६ लाख कित्ता एफपीअो जारी गर्दै
धितोपत्र बोर्ड नै 'खटिँदा' पनि बिकेन एनएमबी बैंकको एफपीअो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया