एनएमबीपछि नेपाल बैंकलार्इ एफपीअो बेच्न मुस्किल !

काठमाडाैं : नेपालकै पहिलो नेपाल बैंक लिमिटेड (एनबीएल) ले जारी गरेको एफपीअोमा लगानीकर्ताले निकै कम चासो दिएका छन् । कूल १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीअो जारी भएको पहिलो दिन जम्माजम्मी १ लाख १५ हजार कित्ताका लागि अावेदन परेको हो । 

नेपाल बैंकको एफपीअो विक्री शुक्रबारदेखि खुलेको छ । बैंकले फेस भ्यालु १ सय रूपैयाँमा थप १ सय ८० रूपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २ सय ८० रूपैयाँ पर्नेगरि एफपीअो निष्काशन गरेको हो । कूल ४ अबर् ९५ करोड १७ लाख रूपैयाँ बराबरको नेपाल बैंकको एफपीअोमा साउन १३ गतेसम्म अावेदन दिन सक्ने बैंकले जनाएको छ । 

विक्री प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार शेयर निष्काशन भएको पहिलो दिन जम्मा ०.७१% का लागि मात्र लगानीकर्ताको खरिद अावेदन परेको छ । स्टक एक्सचेन्जमै नेपाल बैंकको शेयर मूल्य २९३ रूपैयाँ छ । एफपीअोको मूल्य बजार मूल्यभन्दा जम्मा १३ रूपैयाँ मात्र सस्तो भएपछि लगानीकर्ताले खरिदका लागि चासो नदिएका हुन् । 

यसअघि एनएमबी बैंकले जारी गरेको एफपीअो पनि बिक्न सकेको छैन । सर्वसाधारण लगानीकर्ताले एफपीअो खरिदमा चासो नदिएपछि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा वाँडफाँट निर्देशिका, २०७४ नै संशोधन गरेको थियो । सर्वसाधारण र संस्थागत लगानीकर्ताले त्यसअघि निष्काशित कूल शेयर कित्ता संख्याको जम्मा ०.५% प्रतिशतका लागि मात्र खरिद अावदेन दिन पाउने व्यवस्थालार्इ संशोधन गरी बोर्डले चाहेअनुसार अावेदन दिन पाउने व्यवस्था गरेको थियो । 

निर्देशिका नै संशोधन भएपछि नेपाल बैंक लगायत एफपीअो निष्काशन गर्ने वित्तीय संस्थाहरूलार्इ शेयर विक्रीमा समस्या हट्ने अांकलन थियो । तर, नेपाल बैंकको शेयरमा शुरूको दिनदेखि नै संस्थागत लगानीकर्ताले लगानी गर्न पाउने व्यवस्था गरिएपनि यस्ता लगानीकर्ताले खरिद अावेदन दिएका छैनन् । 

एफपीअोको बिक्रीमा शुरूकै दिन लगानीकर्ताले उपेक्षा भएपछि छिटोमा असार १९ गते निष्काशन बन्द गर्ने बैंकको योजना पुरा नहुने देखिएको छ । अब बिक्री प्रबन्धकले साउन १३ गतेसम्म बिक्री अवधि लम्ब्याउने देखिएको छ । 

६२% सरकारी स्वामित्व रहेको नेपाल बैंकमा एफपीअो बिक्रीसँगै यो स्वामित्व ४९ प्रतिशतमा झार्ने योजना छ । हाल ३९ प्रतिशत स्वामित्व रहेको सर्वसाधारणको हिस्सा ४९% पु-याउने गरि बैंकले एफपीअो जारी गरेको हो । 

हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल बैंकले एफपिओ निष्कासनपछि ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी पु-याउने जनाएको छ । नेपाल बैंकको एफपीअोलार्इ एनपीअो ग्रेडिङ ३ प्रदान गरिएको छ ।

यो पनि : 
नेपाल बैंकले १ करोड ७६ लाख कित्ता एफपीअो जारी गर्दै​

एनएमबी बैंकको एफपीअो बेच्न धितोपत्र बोर्डद्वारा वाँडफाँट निर्देशिका नै संशोधन

धितोपत्र बोर्ड नै 'खटिँदा' पनि बिकेन एनएमबी बैंकको एफपीअो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?