एनएमबी बैंकको एफपीअो बेच्न धितोपत्र बोर्डद्वारा वाँडफाँट निर्देशिका नै संशोधन (विज्ञप्तीसहित)

काठमाडाैं : एनएमबी बैंकले निष्काशन गरेको एफपीअो बिक्री गर्न सकस परेपछि नियामक निकाय धितोपत्र बोर्डले 'धितोपत्र निष्काशन तथा वाँडफाँट निर्देशिक, २०७४' नै संशोधन गरिदिएको छ । 

यसअघि प्राथमिक शेयर निष्काशनमा कूल कित्ताको ०.५% सम्म मात्र अावदेन दिन पार्इने व्यवस्थालार्इ संशोधन गर्दै बोर्डले अधिकतम कित्ताको सिमा हटाउनेगरि नयाँ निर्णय लिएको हो । यो निर्णयबाट शेयर निष्काशन गरेपनि बिक्री गर्न नसकेका कम्पनी, रकम भएर पनि चाहेजति कित्तामा अावदेन दिन नपाएका लगानीकर्ता र बजारबाट धेरै परिमाणमा शेयर उठाउन चाहने संस्थागत लगानीकर्तालार्इ फार्इदा पुग्ने भएको छ । 

एनएमबीले गत बिहिबारदेखि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीअो बजारमा ल्याएको थियो । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार मंगलबारसम्म जम्माजम्मी कूल निष्काशनमध्ये अाधाअाधीमा मात्रै खरिदकर्ताको अावेदन परेको छ । शुरूमा सर्वसाधारणका लागि एफपीअो निष्काशन गरेपनि बिक्न मुस्किल भएपछि कोषले संस्थागत लगानीकर्तालार्इ पनि एफपीअो खरिद गर्न  दिने जनाएको थियो । तर, अधिकतम ०.५% कित्ताका लागि मात्रै अावदेन गर्न सकिने व्यवस्थाका कारण एकमुष्ठ शेयर उठाउन खोजेका संस्थागत लगानीकर्ता समेत पछि हटेका थिए । 

धितोपत्र बोर्डको पछिल्लो निर्णयसँगै अब सर्वसाधारण र संस्थागत लगानीकर्ताले अाफुले चाहेको परिमाणको शेयर खरिदका लागि अावेदन दिन पाउने भएका छन् । यो निर्णयबाट एनएमबीलार्इ बेच्न सकस भएको एफपीअो त बिक्नेछ नै, सँगसँगै प्राथमिक निष्काशन गर्ने लार्इनमा रहेका नेपाल बैंक लिमिटेड लगायत अन्य पब्लिक कम्पनीहरूलार्इ समेत शेयर बिक्री गर्न सहज हुने अनुमान छ । 

धितोपत्र बोर्डको यसअघिको व्यवस्थाअनुसार एनएमबीको शेयर किन्न चाहने लगानीकर्ताले अधिकतम ५७ हजार ७० कित्तामा मात्रै अावदेन गर्न पाउने अवस्था थियो । नयाँ व्यवस्थासँगै अब लगानीकर्ताले अाफुले चाहेजति कित्ताका लागि अावेदन दिन सक्नेछन् । 

बोर्डका अनुसार हाललार्इ प्राथमिक निष्काशनको सिमा हटार्इएपनि धितोपत्रको वाँडफाँटमा अनिवार्य दश कित्ता दिनुपर्ने मोडल भने यथावत् राखिएको छ ।

यस्तो छ संशोधित निर्देशिका :

यो पनि :
एनएमबीको एफपीअो संस्थागत लगानीकर्ताले पनि किनेनन्​
एनएमबी बैंकको ५६% एफपीअो बिकेन​
बुधबारदेखि एनएमबी बैंकको एफपीअो खुल्दै, प्रतिकित्ता ३३३ रूपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?