एनएमबीको एफपीअो संस्थागत लगानीकर्ताले पनि किनेनन्

काठमाडाैं : जेठ ३० गतेदेखि खुलेको एनएमबी बैंकको एफपीअो बिक्रीमा सर्वसाधारणले खासै रूची देखाएनन् । ५ दिनमा जम्माजम्मी ४४ प्रतिशत कित्ता शेयरमा मात्रै अावदेन प-यो ।

त्यसपछि बिक्री प्रबन्धक नागरिक लगानी कोषसँग सल्लाह गरि बैंकले संस्थागत लगानीकर्तालार्इ शेयर उठाउन दिने निर्णय लियो । तर, शुरूमा चासो देखाएका संस्थागत लगानीकर्ताले पनि ३३३ रूपैयाँ खर्चेर एनएमबीको एफपीअो उठाउने जोखिम मोल्न चाहेनन् । सोमबारदेखि संस्थागत लगानीकर्ताले समेत शेयर अावेदन दिन सक्ने व्यवस्था मिलार्इएको थियो । 

एनएमबीले अाब्हान गरेको एफपीअोको शेयर निश्कासन एवं बिक्री प्रबन्धक लगानी कोषले दिएको जानकारीअनुसार सोमबार जम्मा ४ वटा संस्थागत लगानीकर्ताको मात्रै शेयर अावदेन परेको छ । सोमबार बेलुकीसम्ममा कूल १ करोड १४ लाख १५ हजार १६३ कित्तामध्ये ५६ लाख १५ हजार ६ सय कित्ता एफपीअोमा मात्रै खरिद अावेदन परेको छ । कूल निष्काशनमध्ये ५१ प्रतिशत अर्थात ५८ लाख कित्ता शेयरमा अावेदन नै परेको छैन । 

संस्थागत लगानीकर्ताहरूले शेयर किन्ने अधिकतम सीमा बढाउन अाग्रह गरेको कोषले जनाएको छ । हाल, न्यूनतम १० कित्तादेखि धेरैमा ५७ हजार ७० कित्तासम्म अावदेन गर्न पाउनेगरि खरिद व्यवस्था मिलार्इएको छ । तर, अावदेनको सिमा बढाउनेबारे कुनै जानकारी र प्रकृया अघि नबढेको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

असार २८ गतेसम्म प्रतिकित्ता ३३३ रूपैयाँमा एनएमबीको एफपीअोमा अावेदन दिन सक्ने व्यवस्था नागरिक लगानी कोषले मिलाएको छ । 

यो पनि पढ्नुहोस् : 
एनएमबी बैंकको ५६% एफपीअो बिकेन
बुधबारदेखि एनएमबी बैंकको एफपीअो खुल्दै, प्रतिकित्ता ३३३ रूपैयाँ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?