एनएमबी बैंकको ५६% एफपीअो बिकेन

काठमाडाैं : एनएमबी बैंकले अाव्हान गरेको थप सार्वजनिक निस्काशन (एफपीअो) खरिद गर्न १ अर्ब ७५ करोड रूपैयाँ बरारबको अावेदन परेको छ । अार्इतबार बेलुकीसम्म ५२ लाख ५५ हजार कित्ता शेयरका खरिदका लागि अावेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । 

एनएमबीले प्रतिकित्ता ३ सय ३३ रूपैयाँमा खरिद गर्न सक्नेगरि ५ दिनअघि (बुधबारदेखि) एफपीअो अाव्हान गरेको थियो । तर, साधारण शेयर अाउँदा थेगिनसक्नुको भीड देखिने नेपाली पूँजीबजारमा एनएमबीको एफपीअो भने सजिलैसँग बिक्न सकेन । कोषका अनुसार अहिलेसम्म जम्मा ४६ प्रतिशत कित्ता मात्रै बिक्री भएको छ । तोकिएको समयावधीभित्र ५६ प्रतिशत एफपीअो बिक्न नसकेपछि कोषले सोमबारबाट संस्थागत लगानीकर्तालार्इ समेत एफपीअो किन्न दिने भएको छ । 

एनएमबीको एफपीअो भरेका अधिकांश लगानीकर्ताले १० कित्ता पर्ने गरि शेयर भरेका छन् । दोस्रो बजारमा ३ सय ५५ रूपैयाँमा कारोबार भर्इरहेको एनएमबीको एफपीअोलार्इ नै ३३३ रूपैयाँ तिर्नुपर्ने भएपछि लगानीकर्ता त्यति उत्साहित नभएका हुन् । 

एनएमबीले पूँजी संरचनामा संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गराउन एफपीअो बिक्री खुल्ला गरेको हो । २ अर्ब ६५ करोड प्रिमियम संकलन गर्नेगरि १ अर्ब १४ करोड १५ लाख रूपैयाँ चुक्ता पूँजी थप्ने उद्देश्यले एफपीअो अाब्हान गरेको बैंकले जनाएको छ। 

हाल एनएमबीको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेकोमा एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । एनएमबीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनएमबीले १ अर्ब ४१ करोड १६ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यो पनि पढ्नुहोस :
बुधबारदेखि एनएमबी बैंकको एफपीअो खुल्दै, प्रतिकित्ता ३३३ रूपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?