काठमाडाैं : अावेदनका लागि तोकिएको पहिलो चरणको समय सकिँदासम्म नेपाल बैंक लिमिटेडको एफपीअोमा जम्माजम्मी ७ प्रतिशत मात्र अावदेन परेको छ ।
कूल १ करोड ६५ लाख ११ हजार ४ सय १८ कित्ता एफपीअोमध्ये लगानीकर्ताले ११ लाख ७३ हजार ४ सय ४० कित्तामा मात्र अावेदन दिएका छन् । यो कूल एफपीअो कित्ताको ७.१०% मात्रै हो ।
बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार शुक्रबार (हिजो) सम्म ११ हजार ६१ जना अावेदकले ३२ करोड ८५ लाख ६३ हजार २ सय रूपैयाँ रकम बराबरको एफपीअो अावेदन दिएका छन् ।
साउन १३ गतेसम्म नेपाल बैंकको एफपीअो भर्ने म्याद तोकिएको छ। यो म्यादभित्र बैंकले बाँकी १ करोड ६५ लाख ११ हजार ४ सय १८ कित्ता एफपीअोमा अावेदन संकलन गर्नुपर्नेछ ।
प्रतिकित्ता २ सय ८० रूपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीअो निष्काशन गरेपनि बेच्नलार्इ बैंकले समस्या खेपिरहेको छ ।
नेपाल सरकारको ५१ प्रतिशत हिस्सा रहेको बैंकमै सर्वसाधारणदेखि संस्थागत लगानीकर्ताले शेय अावेदनमा रूची देखाएका छैनन् ।
यो पनि :
नेपाल बैंकले १ करोड ७६ लाख कित्ता एफपीअो जारी गर्दै
नेपाल बैंकको शेयरले लगानीकर्ता डुबाउँदै
एनएमबीपछि नेपाल बैंकलार्इ एफपीअो बेच्न मुस्किल !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया