काठमाडौं । इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् ।
विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गर्भनरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ । पीडितसँगै ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए ।
आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्वविद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो ।
अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया