एजेन्सी । लुहान्स्क क्षेत्रको एक मात्र बाँकी सहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् ।
राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।
यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया