लोकपथ टप फिप्टिन : अर्थ मन्त्रालयकाे सीसीटीभी फुटेज नै गायब, उकालाे लाग्याे काेराेनाकाे ग्राफ

लोकपथ
21
Shares

१  अर्थ मन्त्रालयले लुकायो, विवादित बनेको बजेट भाषण भन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज, केही कम्पनीहरुको हितमा बजेट ल्याएको आलोचनापछि उपभोक्ता हित संरक्षणले सूचनाको हक माग्दा जेठ १४ गतेको फुटेज लुकाइएको खुलासा ।

२ एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी रहेको परराष्ट्र मन्त्रालयको भनाइ, सरकारको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेको मन्त्रालयको स्पष्टिकरण ।

३ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एमसीसीको विषय बाहेक नौ एजेन्डामा छलफल, स्थानिय निर्वाचनमा पार्टी भित्रको गुटबन्धीले धक्का लागेको निश्कर्ष, आगामी निर्वाचनका लागि सात रणनीति ।

४ नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेरियन्ट, अन्य भेरियन्टभन्दा ‘बीए फाइभ’ छिटो फैलने जनस्वास्थ्यविद्हरूको दाबी, नयाँ उपप्रजातिले पुन संक्रमण गराउन सक्ने सम्भावना ।

५ जेलमा रहेका रेशम चौधरीलाई आफ्नो पार्टीमा ल्याउन शिर्ष नेताहरुको दौडधुप, लोसपाले मुद्दा फिर्ता लिने र जेलबाट छुटाउन सरकारलाई दबाब दिएको आश्वासन ।

६ जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भटराईलाई नेकपा माओवादी केन्द्रमा ल्याउन छलफल भएको शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, अध्यक्ष प्रचण्डसँग भटराईको भेटवार्ता ।

७ अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन राहदानी विभागको आग्रह, जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन आएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरिएको विभागको भनाइ ।

८ काठमाडौं महानगरपालिकामा फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्न थाले फोहोर, पुतलीसडकमा ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले पैदलमार्गमै थुपार्यो फोहोर ।

९ ११ देखि १५ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप नेपाल आइपुग्यो, खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई दिइने ।

१० सेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्से ५७.६१ अंकले बढ्यो, १३ वटै सूचक हरियाली, व्यापार समूहका लगानीकर्ताले सर्वाधिक कमाए ।

११ नेपालमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थाल्यो, पछिल्लो २४ घण्टामा थप ५३ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ३३३ जना पुग्यो ।

१२ चिलीको संविधानसभाले एक वर्षमा लेख्यो संविधान, नयाँ संविधानले देशको राजनीतिक मार्ग बदल्ने अपेक्षा, सेप्टेम्बर ४ मा संविधानलाई लिएर जनमतसंग्रह हुने ।

१३ अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियन सडकमा, शारीरिक स्वायत्तताको अधिकार खोसिएको भन्दै प्रदर्शन ।

१४  यु–२० साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट, अब, टिममा तीन गोलकिपर, ११ डिफेन्डर, १२ मिडफिल्डर र चार फरवार्डसहित ३० खेलाडी रहने ।

१५  नेपाल र क्यानडाबीच हुने दुई एकदिवसीय क्रिकेट श्रृंखलाको तालिका परिवर्तन, पहिले तय भएको मितिको एक दिन धकेलिएर ५ र ६ जुलाईलाई हुने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?