काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पूँजी (तरलता) अत्याधिक बढेपछि नेपाल राष्ट्र बैंकले अाजपनि ५ अर्ब रूपैयाँ रिभर्स रिपो गर्ने भएको छ । गत बिहिबार पनि बैंकले यी संस्थाबाट ५ अर्ब रूपैयाँ रिभर्स रिपो गरेको थियो।
हाल नेपालको बैंकिङ प्रणालीमा ५० अर्ब रूपैयाँभन्दा बढि तरलता थुप्रिएको छ । तर, सोही अनुपातमा कर्जा प्रवाह हुन सकिरहेको छैन । चालु अार्थिक बर्ष शुरू भए यतामात्रै राष्ट्र बैंकले १५ अर्ब रूपैयाँको रिभर्स रिपो गरिसकेको छ ।
बैंकिङ प्रणालीमा धेरै भएको रकम खिच्न राष्ट्र बैंकले रिभर्स रिपो गर्ने गर्छ । रिभर्स रिपोमा जान चाहने बैंक तथा वित्तीय संस्थाले अाज दिउँसो ३ बजेसम्म अनलार्इ बिडिङ गर्नुपर्नेछ ।
७ दिनका लागि असोज २१ गतेसम्म रिभर्स रिपो जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रिभर्स रिपो किन्नका लागि बैंक तथा वित्तीय संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य रूपमा हुनुपर्नेछ ।
यो पनि :
बैंकमा अधिक तरलता, राष्ट्र बैंकले ५ अर्ब राखिदिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया