काठमाडाैं : सत्ताधारी (ने.क.पा.) नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टीनिकट कर्मचारी संगठनको र्इच्छाबमोजिम २ सय कर्मचारीको सरूवा गरेका छन् ।
असोज १४ गते नै सरूवाको निर्णय भएपनि अर्थ मन्त्रालयले यसलार्इ गोप्य राखेको थियो । प्राप्त विवरणअनुसार मन्त्रालयले राजस्व समूहका ५६ र प्रशासन समूहका ४ जना अधिकृतलार्इ सरूवाको पत्र थमाउँदैछ । यसैगरि, ४ जना कम्प्युटर अधिकृत, २८ जना कार्यालय सहयोगी, ११ जना सवारीचालक, राजस्व समूहका ४ जना खरिदार, राजस्व समूहकै ८६ जना नायब सुब्बा र प्रशासन समूहका अन्य २ जना नासुहरूको सरूवा गरेको छ।
कूल ६४ जना अधिकृत, ९२ जना नायब सुब्बा, ४ जना खरिदार, ११ जना कार्यालय सहयोगी र ११ जना सवारी चालकको अर्थमन्त्रीले सरूवा गरिदिएका छन् । खतिवडाले कर्मचारी संगठनसँग सहमति गरि मन्त्रीस्तरीय निर्णयअनुसार नै सरूवाको निर्णय लिएको बुझिएको छ। उनले सरूवा भएका कर्मचारीलार्इ काममा खटाउन सचिवलार्इ निर्देशन दिर्इसकेका छन् ।
तत्कालिन एमाले निकट कर्मचारी संगठनको नेतृत्वमा रहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र तत्कालिन माअोवादी निकट कर्मचारी संगठनका नेताले तयार गरेको सूचीअनुसार नै अर्थमन्त्रीले सरूवा गरिदिएको असन्तुष्ट कर्मचारीहरूले दाबी गरेका छन् ।
सरूवामा परेका कर्मचारीहरू :
यो पनि :
(ने.क.पा.) निकट संगठनको र्इच्छाअनुसार ४ हजार कर्मचारी सरूवा गर्दै अर्थमन्त्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया