काठमाडाैं : नेपालको पूँजीबजारमा अाजदेखि अनलार्इन कारोबार शुरू भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले अाज अर्थमन्त्री डा. युवराज खतिवडामार्फत अनलार्इन प्रणालीको शुभारम्भ गरी बिहान १० बजेबाट शेयर कारोबार शुरू गर्दैछ ।
नेप्सेले कार्तिक २० गतेदेखि अनलार्इन प्रणालीमार्फत शेयर कारोबार गर्न यसअघि ब्यापक गृहकार्य गरेको थियो । लगानीकर्ताहरूलार्इ यसअघि नै अनलार्इन कारोबारसम्बन्धी मोक ट्रेडिङ सिकाएको नेप्सेले अाजैदेखि ब्रोकरहरूमार्फत शेयरको अनलार्इ कारोबार गराउँदैछ ।
केही समयका लागि लगानीकर्ताहरूले पुरानै प्रकृयाबाट शेयर खरिद र बिक्रीको अादेश दिन सक्ने भएपनि ब्रोकर कम्पनीहरूले भने अनलार्इनबाट नै नेप्सेमा शेयर कारोबारको अादेश पठाउने छन् । अबको केही दिनमा लगानीकर्ताले पनि अनलार्इन प्रणालीबाटै शेयर खरिदबिक्रीको अादेश दिन सक्नेछन् ।
अनलार्इन प्रणाली शुरू भएपछि शेयरको खरिद र बिक्रीका लागि शेयर दलाल कम्पनीमा पुग्नैपर्ने बाध्यताको पनि अन्त्य हुनेछ । लगानीकर्ताहरूले अाफु रहेको जुनसुकै ठाउँबाट पनि अनलार्इन प्रणालीमार्फत शेयर खरिदबिक्रीको अादेश पठाउन सक्नेछन् । अब घरमै बसेर र्इन्टरनेटजडित कम्प्युटर या अन्य डिभार्इसमार्फत शेयर कारोबार गर्न सकिन्छ ।
यसरी गर्नुहोस अनलार्इनबाट शेयर कारोबार :
- र्इन्टरनेटजडित कम्प्युटरको व्यवस्था गर्नुहोस ।
- हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनुहोस ।
- त्यसपछि ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनुहोस ।
- लगानीकर्ताको युजर नेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गरिदिएपछि र्इमेल खोल्नुहोस । त्यहाँ तपार्इँको युजरनेम र पासवर्ड अाएको हुन्छ ।
- युजर नेम र पासवर्ड पाएपछि आफू अनुकुल पासवर्ड परिवर्तन गरी शेयर खरिद र बिक्री गर्नुहोस ।
यो पनि :
शेयरमा लगानी गर्दै हुनुहुन्छ ? अब अनलार्इनबाटै यसरी गर्नुस कारोबार (युजर म्यानुअलसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया