शेयर किनबेचमा पूँजीगत लाभकर : ‘वेटेज एण्ड एभरेज’लार्इ अाधार मानिने

काठमाडाैं : अायकर एेन, २०५८ का अाधारमा अान्तरिक राजस्व विभागले शेयर खरिदबिक्रीमा पूँजीगत लाभकर उठाउन पत्राचार गरेपछि असार १७ गतेदेखि नेपालको पूँजीबजारमा अान्दोलन मच्चाएको विवाद निरूपण हुने भएको छ । 

सर्वसाधारण लगानीकर्ता अान्दोलिन भर्इ शेयर कारोबार नै ठप्प भएपछि अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको नेत्रृत्वमा गठन गरेको अध्ययन समितिले पूँजीगत लाभकरको विवादलार्इ लगभग सल्ट्याउने सुत्र निकालेको छ । 

अब बोनस र हकप्रद शेयरको अाधार मूल्यमा पूँजीगत लाभकर लगाउने गरि समितिले प्रतिवेदन बुझाएको हो । भारित अाैषत अर्थात वेटेज एण्ड एभरेजका अाधारमा पूँजीगत लाभकर लगाउनेबारे अर्थ मन्त्रालयले अान्तरिक निर्णय गरिसकेको स्रोतले जानकारी दियो । अध्ययन समितिले पनि कुनै एउटा मितिलार्इ अाधार मानि सोही दिनको कारोबारको अाधारमा लाभकर लगाउन सरकारलार्इ सुझाव दिएको छ । 

शेयर कारोबारमा पूँजीगत लाभकरको विवाद निरूपण गर्न अब अर्थ मन्त्रालयले आयकर ऐन, २०५८ को दफा ४८ लार्इ संसोधन गर्ने प्रकृया अघि बढाउनेछ । एेन संशोधनसँगै समितिले मिति तय गर्ने र सोही मितिका अाधारमा लाभकर लगाउने भएको छ ।

यो पनि :

अर्थ मन्त्रालयले पूँजीगत लाभकरको विवाद सल्ट्याउन सकेन, अझै १ महिना लाग्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?