काठमाडौं । प्रथम ईण्डो–नेपाल खुल्ला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०७५ तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०७५ सम्पन्न भएको छ ।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघले मंसीर १४ र १५ गते प्रतियोगिता आयोजना भएको थियो ।
नेपालको लागि भारतिय राजदुताबासका Deputy Chief of Mission डा . अजय कुमारको प्रमुख आतिथ्यमा विश्वका क्योकुशिन करातेका संस्थापक गूरु मास ओयामको फोटोमा माल्यार्पण तथा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको समुदघाटन गरिएको थियो ।
जापानबाट खेलाडीको हौसला बढाउन कार्यक्रममा उपस्थित हुनु भएका विशिष्ट अतिथीका रुपमा नेपाल आउनु भएका World Kyokushin Kai Karate Organization and World Seishin Kaikan Karate Organization, Japan का अध्यक्ष KANCHO SEISHIN IWASHITA, उपाध्यक्षVICE–KANCHO NAOYUKI SONODA तथा SENSEI FUMIAKI SHIRAKI प्रतियोगिताको विशेष आकर्षणको रुपमा रहेका थिए । यस संघको केन्द्रिय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठ (६ औं डान) को सभापतित्वमा भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथीहरुमा नेपालको लागि भारतिय राजदुतावासका निर्देशक प्रो.डा.केदारनाथ शर्मा, पूर्व खानेपानी मन्त्री माननिय महेन्द्र यादव, पूर्व उद्योग राज्यमन्त्री माननिय कन्चनचन्द्र बादे, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ, नेप्लिज फेशन होमका अध्यक्ष तथा यस संघका केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पाचखाल नगरपालिकाका मेयर महेश खरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सीना लगाएतका अतिथीहरुको सहभागिता रहेको थियो ।
दई दिने उक्त प्रतियोगितामा पु्रुष खुल्ला तौल समूहमा नेपालका सन्देश मानन्धरले नेपालकै अच्यूत अधिकारीलाई हराई स्वर्ण पदक हातपार्न सफल भए भने त्यसैगरी ५५ के.जी.मा सुबास लिम्बु (प्रदेश नं ३), ५० के.जी.मा पारस शाह ठकुरी(प्रदेश नं ३), ४५ के.जीमा मन्दिप भुसाल (प्रदेश नं ३), ४० के.जीमा अनिल बम्जम (प्रदेश नं ३), ३५ के.जी निरज तामाङ्ग (प्रदेश नं ३), ३० के.जीमा सरोज थिङ्ग (प्रदेश नं ३) तथा २५के.जी.मा अनुप तामाङ्ग (प्रदेश नं १)द्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी महिला खुल्ला तौल समूहमा उषा श्रेष्ठ (प्रदेश नं ३), ५० के.जी.मा आरती तामाङ्ग (प्रदेश नं ३), ४५ के.जी.मा नबिना लामा (प्रदेश नं ३), ४० के.जीमा सुमिना लिम्बु (प्रदेश नं ३), ३५ के.जीमा दिलाशा थापामगर(प्रदेश नं ४)द्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका छन् ।
त्यसैगरी पुरुष खुल्ला तौल समूहमा अच्यूत अधिकारी(नेपाल), ५५ के.जीमा रुपक श्रेष्ठ(प्रदेश नं ३), ५० के.जी.मा सरोज तामाङ्ग (प्रदेश नं ३), ४५ के.जी.मा अमित मगर(प्रदेश नं ५), ४० के.जीमा संसार खडका(प्रदेश नं ३), ३५ के.जीमा आषुतोष बादे (प्रदेश नं ३), ३० के.जी समिर बुढाथोकी (प्रदेश नं ३), २५के.जी.मा अनिल ओझा(प्रदेश नं ५) तथा महिला खुल्ला तौल समूहमा नबिना तामाङ्ग (नेपाल), ५० के.जी.मा सुनिता देउजा(प्रदेश नं ३), ४५ के.जी.मा सुमिना लिम्बु(प्रदेश नं ३), ४० के.जीमा सुजिता पराजुली(प्रदेश नं ३), ३५ के.जीमा सुहाना खडका(प्रदेश नं ३)द्धारा रजत पदक हासिल गरेका थिए ।
त्यसका साथै खुल्ला तौल समूहमा रेगन श्रेष्ठ(नेपाल), ५५ के.जी.मा राजकुमार बल(प्रदेश नं २), ५० के.जी.मा दिनेश तामाङ्ग(प्रदेश नं ३), ४५ के.जी.मा सन्दिप नेपाली(प्रदेश नं ४), ४० के.जीमा राहुल श्रेष्ठ(प्रदेश नं ३), ३५ के.जीमा सुप्रिम बादे(प्रदेश नं ३), ३० के.जी करण राई(प्रदेश नं २), २५के.जी.मा समिर मोक्तान(प्रदेश नं ३) तथा महिला खुल्ला तौल समूहमा भुमिका गुरुङ्ग(नेपाल), ५० के.जी.मा लस्सु पाख्रिन(प्रदेश नं ३), ४५ के.जी.मा सुजिता श्रेष्ठ(प्रदेश नं ३), ४० के.जीमा पुनम घर्ती(प्रदेश नं ३), ३५ के.जीमा आकृति मगर(प्रदेश नं ३) द्धारा कास्य पदक हासिल गरेका छन् ।
विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने केन्द्रिय संघका अध्यक्ष तथा ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिब केशव बिष्ट लगायत विशिष्ट अतिथी, अतिथी, जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरिएको थियो । ‘क्योकुशिन सेशिन कायकान कराँते’ नामक विधाबाट ६ औं डानसम्म पुग्ने अशोक कुमार श्रेष्ठ एकमात्र नेपाली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया