अन्तत: अमेरिकाले इरानलाई दियो ग्रीन सिग्नल : बिनासर्त वार्ता गर्न तयार छौँ

काठमाडौं । अमेरिकाले इरानसँग बिनासर्त वार्ता गर्न तयार रहेको बताएको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी पनि गरेको छ ।

इरानले हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसंघलाई बताएको छ ।

इरानको नीति निर्माताका रूपमा हेरिने सुलेमानीलाई इरानमा धेरै शक्तिशाली मानिन्थ्यो । । उनको अन्तिम संस्कारमा दशौं लाख इरानीहरू सहभागी भएका थिए। उनको शवयात्रामा भागभाग हुँदा ५० भन्दा बढी मानिसले ज्यान गुमाए भने दुई सयजना भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी पत्रमा के छ ?

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यु ले वार्ता गर्न तयार रहेको बताएकी छन् ।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ । सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ । इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्‍याएको छ । इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन् ।

लोकपथमा यस अघि प्रकाशित समाचार पढ्नुभएको थियो ? 

इरानको २० क्षेप्यास्त्र प्रहार, कसरी चुक्यो निशाना ?

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?